गाउँ सहर
छात्रवृत्तिमा कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ
- गाउँ सहर संवाददाता
- १२ जेठ बिहीबार, २०७९ | १५:४५:०० मा प्रकाशित
अछाम । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजमा विदेशी नागरिकले ५० प्रतिशत छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा भर्ना गरी दिन्छु भनी ठगी गरेको अभियोगमा अछाम मंगलसेन नगरपालिका-२ बस्ने चक्र बहादुर बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
आफुलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौंमा कार्यरत एमबिबिएस/ एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा.दिपक बिसी हुँ भनि चिनाउने बिकले छात्रवृतिमा एमबिबिएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रुपैयाँ लिई भर्ना गरी दिन्छु भनी विश्वासमा पारी पीडितबाट पटक पटक गरी नगद १७ लाख रूपैयाँ लिई ठगी गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस