वातावरण

आजपनि विभिन्न स्थानमा वर्षा

काठमाडाैँ । आज २०७९ जेठ १३ गते (शुक्रबार) पनि वर्षा हुने जल तथा माैसम विभागले बताएकाे छ ।

उसका अनुसार दिउँसो कर्णाली प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका थोरै  स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का थोरै स्थानहरूमा र अन्य पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत