संसद् बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
- गाउँ सहर संवाददाता
- १४ जेठ शनिबार, २०७९ | ०८:०५:०० मा प्रकाशित
काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो ।
बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।
शनिवार आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ ।
बैठकमा आजका लागि नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण पेस हुन पाएन ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नु भन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ ।
अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेस गर्नुहुने कार्यक्रम छ ।
यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पेस गर्नेछन् ।
गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेस गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
प्रतिकृया दिनुहोस