स्वास्थ्य

शनिवार कति थपिए काेराेना संक्रमित ?

काठमाडौं । नेपालमा थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ९६९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा आठजनाको नतिजा पोजिटिभ आएको हो । एक हजार ११९ नमुनाको पीसीआर परीक्षण गर्दा पाँच र ८५० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५२ जनाको मृत्यु भएको छ । केही दिनयता कोरोनाका कारण मृत्यु हुनेको संख्या थपिएको छैन ।

पछिल्लो २४ घण्टामा देशभर १५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ६७ हजार ५२ पुगेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत