खेल

कृतिकाको कप्तानीमा यु–१९ टी–२० महिला विश्वकप छनौट खेल्ने टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी यु–१९ टी–२० महिला विश्वकप छनौटका लागि नेपाली टोलीको घोषणा गरेको छ।

क्यानले शनिबार कृतिका मरासनीको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।

टोलीमा कृतिका मरासिनी, स्नेहा महरा, श्रृष्टी जैसी, मनीषा उपाध्याय, मनीषा राना मगर, एलिसा यादव, साना प्रवीन, रञ्जु श्रेष्ठ, आस्मा पुलामी मगर,  सानु राजवंशी, किरण कुँवर, अञ्जली विके, अनु कडायत र सुस्मिता भुसाल रहेका छन्।

सन् २०२३ मा अफ्रिकामा हुने विश्वकपको छनौटका लागि क्यानले खेलाडीको नामावली सार्वजनिक गरेको हो।

गाउँ सहर संवाददाता

तपाईँको मत