यस्ताे अवस्थामा भेटियाे हराइरहेकाे तारा एअरकाे विमान
- गाउँ सहर संवाददाता
- १६ जेठ सोमबार, २०७९ | ०७:५८:०० मा प्रकाशित
काठमाडौं । आइतबार बिहानदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
नेपाली सेनाको टोलीले जहाज थसाङ २ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको नेपाली सेनाका प्रवक्ताले जानकारी गराएका छन् ।
जहाज चार हजार मिटर माथि डाँडामा ठोक्किएको अनुमान गरिएको छ । थुसाङ २ का वडाध्यक्ष गौतम शेरचनले दिएको जानकारीअनुसार गाउँभन्दा निकै माथि डाँडामा जहाज ठोक्किएको पाइएको छ ।
उनैले करिब चार हजार मिटर माथि हुन सक्ने अनुमान गरिएको बताए ।
“चार हजार मिटरभन्दा माथिको उचाइमा छ,” उनले भने, “यही बाटो भएर यार्सा टिप्न जानेले जहाज दुर्घटनामा परेको देखेर खबर गरिएको हो ।”
पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ट्विनअटर विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । सो विमानको खोजी कार्य सोमबार बिहानैबाट पुन: सुरु गरिएको थियो । विमानमा १९ यात्रु र चालक दलसहित २२ जना सवार थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
प्रतिकृया दिनुहोस