यस्ता छन् मन्त्रिपरिषद् बैठकका १० निर्णय
- गाउँ सहर संवाददाता
- १६ जेठ सोमबार, २०७९ | १५:२८:०० मा प्रकाशित
काठमाडौं । जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय गरिएको छ । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकको १० वटा निर्णय सार्वजनिक गरेका हुन् ।
सरकारले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो ।
प्रवक्ता कार्कीले सरकारले अन्तशुल्क २३ औँ संशोधन नियमावली २०७९, भन्सार १३ औँ संशोधन नियमावली २०७९ र आयकर १३ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको बताए ।
मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवसका अवसरमा १६ जनाको कैद माफि गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेदेखि विभिन्न नियमावली संसोधन गर्न स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
यी हुन् निर्णयहरु : ः–
१) बेल्जियमको राजधानी ब्रसेलसमा विस २०७९ जेठ १८ र १९ आयोजना हुने ग्लोवल समिट २०२२ टर्निङ द टाइड चाइल्ड सेक्सुअल अभ्युज अनलाइन कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सोलनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।
२) नेपाल बैंक लिमिटेडको स्वामित्वको सुर्खेत जिल्लामा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृत दिने ।
३) गणतन्त्र दिवसको अवसरमा उपमाकान्त पराजुलीसहित १६ जनाको कैद माफी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने ।
४) नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मालगायतको भ्रमण दललाई युनिफिल्ड लेवनान र सिरिया तथा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमण जान स्वीकृत दिने ।
५) नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने ।
६) सुरक्षण मुद्रण समिति गठन तेस्रो संसोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ (क) बमोजिम सुरक्षण मुद्रणका कार्यकारी निर्देशक विकल्प पौडेललाई पदावधी १ पटकका लागि थप गर्ने ।
७) परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा पदाधिकारी रहेका प्रमुख कन्सल्ट्यान्ट डा. जागेश्वर गौतमले दिएको राजीनामा स्वीकृत गर्ने ।
८) लोकसेवा आयोगको सिफासि बमोजिम निजामति सेवाको राजपत्रांकित प्रथम श्रेणीको पदमा नियुक्ती तथा पदस्थापन गर्ने ।
९) बजेट तथा अर्थसम्बन्धी विधेयकहरु संघीय संसद्मा पेश गर्ने ।
१०) मूल्यअभिवृद्धि कर २४ औँ संसोधन नियमावली २०७९, अन्तशुल्क २३ औँ संशोधन नियमावली २०७९, भन्सार १३ औँ संशोधन नियमावली २०७९ र आयकर १३ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चकाे आदेश
- बजेट लेख्न समिति गठन
- लोकेशको शतक तर आरिफबाहेक अरू ब्याटर नचल्दा आयरल्यान्ड वल्भ्ससँग पराजित
- नेपाल ‘ए’ लाई आयरल्यान्ड वल्भ्सले दियाे २२३ रनको विशाल लक्ष्य
- सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?
- सडक बत्तीको ६ अर्ब बक्यौता बाँकी, तिर्न स्थानीय तहलाई प्राधिकरणकाे ताकेता
- नेपाल ‘ए’ ले आज आयरल्याण्ड वुल्भ्ससँग खेल्ने, पानीले प्रभावित हुनसक्ने
- माैसम पूर्वानुमान : देशभर बदलीसँगै आइतबारसम्म वर्षाकाे सम्भावना
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
प्रतिकृया दिनुहोस