स्वास्थ्य

देशभर सक्रिय संक्रमितको संख्या १०२, शून्य रहेकाे जिल्ला ३२

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ जना कोभिड १९ संक्रमित थपिएका छन् । २ हजार ४११ वटा नमूना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो । 

आज १३ जना संक्रमणमुक्त भएका छन् ।  योसँगै देशभर सक्रिय संक्रमितको संख्या १०२ पुगेको छ । आज १३ हजार ८२९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा काठमाडौंमा ४ जना कोभिड १९ संक्रमित थपिएका छन् । 

उपत्यकाका तीनमध्ये आज काठमाडौंमामात्रै संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २६ पुगेको छ । 

आजसम्म ३२ जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत