आइएमई “हर्षको २२ वर्ष S22 मोबाइल नै पर्छ” योजना सार्वजनिक
- गाउँ सहर संवाददाता
- १६ जेठ सोमबार, २०७९ | १६:३१:०० मा प्रकाशित
काठमाडौँ । नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको पुर्वसन्ध्यामा देशविदेशमा रहेका सम्पूर्ण सेवाग्राहीहरुलाई लक्षित गरि सेवाग्राहीमूखी “हर्षको २२ वर्ष S22 मोबाइल नै पर्छ ” योजना सार्वजनिक गरेकोे छ ।
योजना अन्तर्गत देश तथा विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट/सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना अवधि भरी जम्मा २० जना विजेताहरुले Smart Watch र बम्परमा १ भाग्यशाली विजेताले Samsung S22 मोबाइल प्राप्त गर्न सक्नेछन् । यो योजनामा सहभागी हुनुभएका सेवाग्राहीहरु मध्य कूल २१ जना विजेताहरु लाभान्वित हुनेछन् भने यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिनेछ ।
सेवाग्राहीमूखी उक्त योजना आइएमई ग्रुपको काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो । कार्यक्रममा संक्षिप्त मन्तव्य ब्यक्त गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईको २२ वर्षसम्मको व्यवसायिक यात्राको यो विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका निर्वाह गर्ने आएको विश्वास व्यक्त गरे ।
यो योजना यहिँ जेठ १५ जेठदेखि १५ असार २०७९ (२९ जुन देखि २९ जुलाई २०२२) सम्म जम्मा ३० दिनका लागि कायम रहनेछ । यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू, वेब साइट एवम् संचारका माध्यम मार्फत सार्वजनिक गरिनेछ । योजना अवधिका लागि निर्धारित सेवा वा शर्तहरू लागु गरिने कम्पनीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस