“आइएमई पे” मोबाईल वालेटले “रिफर एन्ड अर्न” अफर मार्फत दिँदैछ रु.२५ बोनस
- गाउँ सहर संवाददाता
- १८ जेठ बुधबार, २०७९ | १६:५२:०० मा प्रकाशित
काठमाडौँ । आइएमई पेले प्रयोगकर्ता माझ “रिफर एन्ड अर्न” अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे एपका प्रयोगकर्ताहरुले आफ्नो एपमा रहेको “रिफर कोड” आफ्नो साथी–भाइ माझ शेयर गर्नुपर्छ ।
प्रापकले सो कोड स्वीकारेर आइएमई पे एप डाउनलोड गरी KYC रुजु भएर प्रयोग गरे पश्चात् दुवै जनाले रु. २५ आफ्नो आइएमई पे वालेटमा पाउनेछन् । प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्छ । प्रयोगकर्ताहरुले आफ्नो आइएमई पे एपको “रिफर फ्रेन्ड“ भागबाट वा https://app.imepay.com.np/links/invite बाट रिफर कोड प्राप्त गर्न सक्नेछन् ।
आइएमई पेले यस अफर ल्याउनको मुख्य उद्देश्य आफ्नो सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने बताएको छ । यस अफरले अवस्थित सेवाग्राहीहरु पनि यस एप निरन्तर रुपमा प्रयोग गर्न सानो प्रोत्साहन दिने आइएमई पेले विश्वास राखेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
प्रतिकृया दिनुहोस