अर्थतन्त्र

बिजबजारको भारी छुट सहितको "२० मा BIZ" नामक Campaign जेष्ठ १९ गते राति १२ बजेबाट Live हुँदै

काठमाडाैँ । नेपालका साना तथा मझौला उद्यमहरू (SMEs) लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारा सहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने "२० मा BIZ" नामक Campaign अन्तर्गतको जेष्ठ महिनाको Campaign जेष्ठ १९ गते राति १२ बजे देखि live हुने भएको छ।

यस Campaign मा सेवाग्राहीहरूले बिजबजारबाट सामान खरिद गर्दा कम्पनीले तोकेका विभिन्न प्रकारका सामानहरूमा मात्र, न्यूनतम २० प्रतिशत छुट प्राप्त गर्नुका साथै धेरै रोमाञ्चक र आकर्षक योजनाहरू तथा उपहारहरू प्राप्त गर्न सक्नेछन् भने जेष्ठ महिनाको "२० मा BIZ" Campaign विशेष गरी गेमिङ ग्याजेटहरू तथा इलेक्ट्राेनिक्स सामानहरूमा केन्द्रित रहेकाे बिजबजारले बताएको छ।

जेष्ठ २० गतेका दिन बिजबजारले आफ्नो आधिकारिक फेसबुक पेजबाट बिहान १० बजे देखि राति ८:२० बजेसम्म विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू तथा "What's in the box?" खेल प्रत्यक्ष प्रसारण मार्फत सञ्चालन गर्ने जनाएको छ जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन्।

साथै जेष्ठ १८ गते मध्ये रातदेखि २०:२०:२० सम्म अर्थात्, जेष्ठ २० गते राति ८:२० बजेसम्म लिलामीबाट (Auction - The Bidding War) बिजबजारकाे वेबसाइट www.bizbazar.com.np मार्फत बिजबजारले तोकेका विशेष सामानहरूमा सेवाग्राहीहरूले आफूले चाहेको रकम मोल (Bid) गरी खरिद गर्ने अवसर प्राप्त गर्नेछन्।

त्यसै गरी सो Campaign अन्तर्गतको पहिलो २० सेवाग्राहीहरूले २० मा BIZ मार्फत किनेका सामानको Unboxing फोटो वा भिडियो बिजबजारलाई पठाइ "Unbox & Win" मा सहभागी हुँदा अर्को खरिदमा २० मा BIZ मा खरिद गरेको रकमको २०% अथवा बढीमा ४ हजार रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन्।

सँग सँगै सो Campaign मा Combo Hour - Combo Pack of Gaming Essentials, Work Work Work (Discounts on Electronic Products), The Game Changer (one day delivery), Fit & Mad, The Handy Tools जस्ता अन्य अफर र योजनाहरू रहेकाे र २० मा BIZ का लागि निर्धारित सेवा वा सर्तहरू लागु गरिने कुरा कम्पनीले जनाएको छ।

साथै https://bit.ly/3zbR2I9 यो लिङ्क मार्फत सर्भे फार्म भरी रु १२० बराबरको सपिङ भाउचर पनि प्राप्त गर्न सकिने छ।

साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो Campaign प्रभावकारी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

गाउँ सहर संवाददाता

तपाईँको मत