गाउँ सहर

विदेश पढ्न र पलायनकाे याे भीड के गर्दा नियन्त्रण हाेला ?

काठमाडौँ । केही वर्ष यतादेखि उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको संख्या डरलाग्दो तरिकाले बढिरहेको तथ्यांकले देखाएको छ ।

यसरी देशका बौद्धिक वर्ग अध्ययन गर्ने बहानामा विदेश जाने तर नफर्कने प्रवृत्तिले गर्दा नेपालको शिक्षा क्षेत्रमा केही हदसम्म असर परेको देख्न सकिन्छ । पछिल्लो समय प्लस टु सक्नेबित्तिकै उच्च अध्ययनका लागि विदेश जाने फेसनजस्तै बनेको छ ।

सरकारी र निजी क्षेत्रमा नेपालको शिक्षामा ठूलो लगानी भए पनि विद्यार्थीको वैदेशिक अध्ययनमोहमा भने कमी आउन सकेको छैन । वैदेशिक अध्ययनका लागि जानेहरूले विषयअनुसार र बसोवाससहित कम्तीमा पनि १५ देखि २० लाखसम्म खर्च गर्ने गरेका छन् ।

पछिल्लो समय उच्च वर्गमा मात्र नभई मध्यमवर्गीय परिवारमा पनि विदेश पढ्न जाने लहर बढेको छ । विदेश पढ्न जाने लहर बढेसँगै नेपालबाट ठूलो रकम पनि बाहिरिइरहेको छ ।

नेपाली शिक्षा प्रणालीले अहिले न अभिभावकको विश्वास जितेको छ न त विद्यार्थीको नै । भर्खर पढ्दै गरेका युवायुवतीमा यस्तो छाप परेसँगै देशमा भएका बौद्धिक जनशक्ति पनि बाहिएको छ ।

विदेश पढ्न जाने उमेरमा १७ देखि २५ वर्षसम्मका युवायुवती बढी रहेको शिक्षा मन्त्रालयले जनाएको छ ।

  1. विदेशमा गएर उच्च शिक्षा हासिल गरेमा अन्तर्राष्ट्रिय श्रमबजारमा बिक्ने अपेक्षा ।
  2. विदेशमा गएर पढ्दै, कमाउँदै केही खर्च बचाउने मानसिकता ।
  3. नेपालको शिक्षा प्रणाली कमजोर हुँदै जानुजस्ता कारण छन् ।

अहिलेसम्म विदेश गएका अधिकांश विद्यार्थी उच्च शिक्षा हासिल गर्न भनेर गएका छैनन् । नेपालमा रहेका शैक्षिक परामर्शदातृ संस्थाको तथ्यांकअनुसार उच्च अध्ययन गर्न भनेर विदेश गएका विद्यार्थीमध्ये ३० प्रतिशत मात्र साँच्चिकै पढ्न जाने गरेका छन् ।

याे समस्या हाे, समाधन हाेइन र दिगाेपनि छैन ।

यसै सन्दर्भमा रहेर हामीले तपाइँमा प्रश्न गरेका छाैँ, के गर्दा याे भीड नियन्त्रण गर्न सकिएला ? सरकारले के गर्नुपर्ला, जनताले के गर्नु पर्ला ? समाधानसहितकाे उत्तरकाे पर्खाइमा हामी छाैँ, ताकि नीति तहमा याे कुरा पुगाेस् र कार्यान्वयन हाेस् ।

गाउँ सहर संवाददाता

तपाईँको मत