पार्टीको तर्फबाट कुनै प्रशिक्षण कार्यक्रम नगर्न नगराउन सम्बन्धित पक्षलाई निर्वाचन आयोगकाे आग्रह
- गाउँ सहर संवाददाता
- २० जेठ शुक्रबार, २०७९ | १९:०२:०० मा प्रकाशित
काठमाडौँ । निर्वाचन आयोगले गाउँ कार्यपालिका र नगर कार्यपालिका निर्वाचन सम्पन्न नभएसम्म जनप्रतिनिधिहरुलाई पार्टीको तर्फबाट कुनै प्रशिक्षण कार्यक्रम नगर्न नगराउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार आयोगको तर्फबाट विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।
“निर्वाचनको कार्यक्रम शुरु भइसकेपछि कानूनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने र बीचमा रोक्न नमिल्ने भएकाले जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचनलाई प्रभावित गर्नेगरी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनार लगायतका कार्यक्रम आयोजना नगर्न नगराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा राजनीतिक दल एवम् अन्य सरोकारवालाहरुलाई आयोग हार्दिक आग्रह गर्दछ” विज्ञप्तिमा उल्लेख छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस