ट्रेन्डिङ्ग : ‘वालेन फर अस्, ह्वि फर वालेन’
- गाउँ सहर संवाददाता
- २० जेठ शुक्रबार, २०७९ | २०:२९:०० मा प्रकाशित
काठमाडाैँ । अहिले ट्रेन्डिङ्गमा छ - ‘वालेन फर अस्, ह्वि फर वालेन’ । याे काठमाडाैँमा मात्र नभएर यसकाे प्रभाव बाहिरपनि पर्न थालेकाे छ ।
चर्चापनि किन नहाेस् । काठमाडाैँजस्ताे नगरमा वालेन्द्र शाह (वालेन), एक स्वतन्त्र उम्मेद्वारले दिग्गज उम्मेद्वारहरूलाई हराएर काठमाडाैँकाे मन जितेका थिए ।
नयाँ मेयर वालेनले उनको कार्य सम्पादनको नयाँ शैली देखाउन शुरु गरेका छन् । पहिलो वैठकमा नै स्थानीय होटेल, रेस्टुराँ र व्यावसायसँग सहकार्य गरेर तिनका चर्पी सर्वसाधारण लाई उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् र त्याे अहिले सञ्जालमा भाइरल पनि बनेकाे छ ।
हुन त शाैचालय सामान्य हाेला । कत्तिलाई नपच्नपनि सक्छ । तर काठमाडाैँले भाेगेकाे महत्वपूर्ण समस्या थियाे र छ । अहिले यसकाे प्रभाव देशैभर चलेकाे छ । काठमाडाैँका वालेन अहिले यसकारण पनि चर्चामा छन् कि उनकाे कार्यशैली अधिकले रूचाएका छन् । यसैकाे प्रभाव अहिले उपत्यका बाहिर देख्न सकिन्छ ।
याेबाहेक उनका याेजना अपरिहार्य क्षेत्रहरूमा छिट्टै देखिने उनका जानकारहरूले बताइरहेका छन् । काठमाडाैँकाे फाेहाेर व्यवस्थापन, ढल निकास, तारकाे व्यवस्थापन र खुला स्थानजस्ता पक्षहरू उनकाे अबकाे क्षेत्रमा पर्ने बताइरहँदा फाेहाेर व्यवस्थापनमा पछिल्लाे समयकाे सक्रियता काफी देखिएकाे छ । यसैकारण उनी अहिले ट्रेन्डिङ्गमा छन् ।
वालेनको यो पाँच वर्ष एकदमै महत्वपूर्ण छ जसले भोलिका स्थानीय र संघीय निर्वाचनमा प्रभाव सहजै पार्न सक्छ । काम गर्न आएको बताउने उनको यो स्वतन्त्र सक्रियतालाई हातेमालो गरे गाउँ र सहरले आगामी दिनमा विकास र व्यवस्थापनमा धेरै पापड बेल्नु नपर्न सक्छ ।
यहिकारण उनी ट्रेन्डिङ्गमा छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस