राजनीति

अभियन्ता पुकार बमद्वारा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा

काठमाडौँ । सामाजिक तथा राजनीतिक अभियन्ता पुकार बमले काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका छन् । बम स्वर्गीय उज्वल थापासँगै तत्कालिन विवेकशील नेपाली दलका एक जना संस्थापक हुन् ।

बम ०७२ सालको भूकम्पमा राहत वितरण, कोरोना महामारीको समयमा विपन्नलाई निःशुल्क खाना खुवाउने र अस्पतालमा कोरोना भाइरसका गम्भीर बिरामीका लागि अक्सिजन वितरण अभियानमा अग्रणी भूमिकामा थिए ।

२०६९ माघमा सुरु भएको ‘अकुपाइ बालुवाटार’ अभियान, डा. गोविन्द केसीको अभियान, नेपाल खुल्ला छ, ‘नेताज्यू खबरदार , संविधान कहिले ?’ जस्ता प्रतिरोधका राजनीतिक अभियानमा पनि उनी सहभागी थिए ।

पछिल्लो समय कोरोना महामारीमा सरकारको रवैयाविरुद्ध १२ दिनसम्म आमरण बसेका बमकाे भद्र प्रतिरोधबाट सरकारलाई सुधारेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत