पर्यटन

'चन्द्रागिरि नगरपालिकाले एड्भेन्चर टुरिजमलाई प्रवर्द्धन गर्ने'

काठमाडाैं । चन्द्रागिरि नगरपालिकाले एड्भेन्चर टुरिजमलाई प्रवर्द्धन गर्ने भएकाे छ । 

आइतबार नगर प्रमुख घनश्याम गिरीले मातातिर्थमा रहेको एड्भेन्चर साइकल ट्रेलमा वृक्षारोपण गर्दै एड्भेन्चर टुरिजमलाई प्रवर्द्धन गर्ने योजनालाई अगाडि बढाइएकाे बताएका हुन् ।

नेपाल टुरिजम बोर्ड र चन्द्रागिरि नगरपालिकाको सहकार्यमा निर्मित उक्त साइकल ट्रेलमा अन्य आवश्यक पूर्वाधारको लागि नगरपालिकाले यसै वर्षदेखि पहली कदम चाल्ने नगर प्रमुख गिरीले बताए ।

वातावरण दिवसको अवसरमा चन्द्रागिरि राइडर्स क्लबले उक्त वृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो ।

नगर प्रमुख गिरीले वडा नं. ९ मा पनि सो किसिमको साइकल ट्रेल बन्दै गरेको र ४ मा हाइकिङ मार्ग निर्माणाधिन रहेको कुरा जानकारी गराउँदै नगरपालिकाको अन्य सम्भावना बोकेको क्षेत्रमा पनि यसै किसिमका तथा अन्य एड्भेन्चर टुरिजमलाई प्रवर्द्धन गर्ने योजनालाई अगाडि बढाइने जानकारी गराए ।

गाउँ सहर संवाददाता

तपाईँको मत