इम्बोस्ड नम्बर जडानमा जबरजस्ती नगरियाेस् : गगन थापा
- गाउँ सहर संवाददाता
- २३ जेठ सोमबार, २०७९ | १२:४३:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णय जवरजस्ती लाद्न खाेज्नु उपयुक्त नभएकाे बताएका छन् ।
साेमबार प्रतिनिधिसभा बैठकमा बाेल्दै सांसद थापाले यातायात मन्त्रालयले साउन १ भित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गरिने चेतावनी दिनु उचित नभएकाे बताएका हुन् ।
मन्त्रालयले समस्या समाधान नगरी यातायात मन्त्रालयले साउन १ भित्र सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गरिने सूचना निकाल्नु गलत भएकाे बताएका छन् ।
‘यातायात मन्त्रालयले दण्ड र जरिवानाको डर देखाएर नागरिकलाई तर्साउने काम गरेको छ,’ सांसद थापाले भने, ‘जवरजस्तीलाई बन्द गरियोस् होइन भने नागरिकले अवज्ञा गर्छन्। त्यसअघि सरकारले पुनर्विचार गरोस्।’
‘नागरिकलाई सास्ती नहोस् । जनशक्ति थपियोस् पूर्वाधार तयार गरियोस्, ।’ बंगलादेश र अमेरिकाको कम्पनीले इम्बोस्ड नम्बर प्लेट जडानको ठेक्का लिएको थियो। १५ महिनामा २५ लाख सवारीमा इम्बोस्ड नम्बर जडान गर्न सम्भव नरहेको पनि थापाले बताए।
गण्डकी र बागमतीको यातायात कार्यालयमा दर्ता सवारी साधनले साउन १ भित्र इम्बोस्ड नम्बर नलिए कारबाही चेतावनी यातायात विभागले दिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस