प्रतिनिधि सभा

प्रतिनिधिसभाको बैठकमा विनियाेजन विधेयकमाथि आज पनि छलफल हुने

 

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान साढे ११ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जनाएको छ । 

संसद बैठक अगाडि सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । 

प्रतिनिधिसभाको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुनेछ ।

गाउँ सहर संवाददाता

तपाईँको मत