शेयरबजार निरन्तर ओरालो यात्राले अत्तालिन थाले लगानीकर्ता, नेप्से सूचक २०२० मा झर्यो
- गाउँ सहर संवाददाता
- २४ जेठ मंगलबार, २०७९ | १५:५१:०० मा प्रकाशित
काठमाडाैं । शेयरबजारमा निरन्तर गिरावट आउन थालेपछि दाेस्राे बजारमा लगानी गर्ने लगानीकर्ताहरू अत्तालिन थालेका छन् । निरन्तर घट्दाे क्रममा रहेकाे बजारमा नेप्से २०० भन्दा बढि अंकको गिरावट आएको छ ।
लगातार आठौं कारबोर दिनसम्म घट्दा नेप्सेमा २१९ अंकको गिरावट आएर नेप्से सूचक २०२०.२३ अंकमा झरेको छ । यसरी दिनहुँ बजार घट्न थालेपछि लगानीकर्ताहरू अलमलमा परेका छन् भने साना लगानीकर्ताहरू पलायन हुन थालेका छन् ।
मंगलबारको कारोबारमा नेप्से ४५.५९ अंकले घटेको नेप्से सूचक २०२०.२३ अंकमा पुगको छ । यस दिन २३४ कम्पनीको एक अर्ब ३१ करोड बढीको सेयर किनबेच भयो ।
१ सय ८१ कम्पनीका लगानीकर्ता ठूलो रकम गुमाएका छन् भने १५ कम्पनीका सेयरधनीले केही नाफा कमाएका छन् ।
सेयर बजारमा २ कम्पनी बाफेली हाइड्रो पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
मंगलबार नेप्सेमा एकमात्र कम्पनी हिमालय बैंकको सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया शीर्ष स्थानमा रहेको छ । सो बैंकको यस दिन ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन कुमारी बैंकको करिब ६ करोडको शेयर कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
- ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमन्स कप खेल्ने
प्रतिकृया दिनुहोस