काठमाडौँ महानगरको कार्यपालिका सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत मतदान सकियाे
- गाउँ सहर संवाददाता
- २४ जेठ मंगलबार, २०७९ | १९:०३:०० मा प्रकाशित
काठमाडौँ । काठमाडौँ महानगरको कार्यपालिका सदस्य निर्वाचन कार्यक्रमअन्तर्गत मतदान सकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको स्थान राष्ट्रिय सभा गृहमा आज मतदान भएको हो ।
गएको बैशाख ३१ गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट काठमाडौँ महानगरका लागि निर्वाचित जनप्रतिनिधि मतदाता रहेको निर्वाचनमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), उपप्रमुख सुनिता डंगोलसहित १६० जना सबै सदस्यले मतदान गरे ।
प्रमुख र उपप्रमुखसहित १६२ मतदाता हुनुपर्नेमा वडा २४ र २५ मा दलित महिला सदस्य पदका लागि कसैको पनि उम्मेदवारी नपरेकोले प्रमुख उपप्रमुखसहित मतदाताको संख्या १६० भएको हो ।
निर्वाचनबाट ८ जना कार्यपालिका सदस्य निर्वाचित हुनेछन् । ८ जनामध्ये ५ जना वडाको महिला सदस्य पदमा विजय हासिल गरेकामध्ये उम्मेदवारी दिएकाबाट निर्वाचित हुने र बाँकी ३ जना दलित वा अल्पसंख्यकबाट उम्मेदवारी दिएका व्यक्ति निर्वाचित हुनेछन् । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको सहभागिता रहेको छ ।
निर्वाचनमा महिला सदस्यका तर्फबाट कार्यपालिका सदस्यका लागि नेपाली कांग्रेसबाट कञ्चना नेपाली हरिजन, मीना सिंह, मीना सुनार र ललिता खड्गीको उम्मेदवारी परेको छ । यसैगरी नेकपा एकीकृत समाजवादीकातर्फबाट मैयाँ लक्ष्मी महर्जनको उम्मेदवारी परेको छ । यसैगरी नेकपा एमालेकातर्फबाट शर्मिला परियार, शारदा सुवेदी, शोभा कार्की, हीरादेवी पोखरेल र हेराशोभा डंगोलको उम्मेदवारी परेको छ ।
यसैगरी दलित वा अल्पसंख्यकतर्फ नेकपा एमालेबाट केशव भुजेल, चन्द्रकला सुन्दास र प्रेम पोडे पुजारीको उम्मेदवारी छ । यस्तै नेपाली कांग्रेसकातर्फबाट बिनोद अछामी र महेश नेपालीको उम्मेदवारी छ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट अनिता कार्की ढली उम्मेदवार छिन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस