अर्थतन्त्र

+2 को परीक्षा दिएर बसेका विद्यार्थीलाई अन्नपूर्ण केबुलकारमा छुट

पाेखरा । +2 को परीक्षा दिएर बसेका विद्यार्थीलाई पोखरामा सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारले छुट दिने भएको छ ।

केबुलकारको टिकटमा ५० प्रतिशत छुट दिने निर्णय भएको कम्पनीको भनाइ छ । यसका लागि परीक्षार्थीले प्रवेश पत्र अनिवार्य रुपले देखाउनु पर्नेछ ।

कम्पनीका अनुसार यो योजना २६ जेठदखि २ असारसम्म लागू हुनेछ ।

पोखराको सेदी बगरदेखि सराङकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत् करिब १० मिनेटमा पुग्न सकिन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत