ल्याण्डफिल साइटमा फोहोरको गन्धभन्दा मिथेनको गन्ध बढी
- गाउँ सहर संवाददाता
- २५ जेठ बुधबार, २०७९ | १२:२०:०० मा प्रकाशित
काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ओखरपौवास्थित ल्याण्डफिल साइटमा वातावरण प्रदुषणको समस्या देखाएको छ । नास्टको यो दोस्रो अध्ययन हो । यसअघि २०७८ असार १ गतेको सम्झौताबमोजिम अध्ययन गरेर माघ १४ गते अध्ययन प्रतिवेदन बुझाएको थियो ।
‘अहिलेको गन्ध मापन गरिएको हो । हामीले साइटको माथिल्लो भागमा गएर पूर्व, पश्चिम, मध्य र दक्षिणतर्फको भागमा अलसेक्टोमिटर उपकरण प्रयोग गरेर गन्धको मापन ग-यौँ । नास्टका वरिष्ठ बैज्ञानिक डा. भोजराज पन्त भन्छन्’, ‘साइटको पूर्वतर्फ खोल्सोमा फोहोरको गन्ध अलि बढी छ । अन्य ठाउँमा फोहोरकोभन्दा मिथेन ग्याँसको गन्ध धेरै भेटियो । बाटोमा दक्षिणतर्फ गन्ध कम छ । हुनत, अध्ययन गरिएको समयमा हावाको वहावले पनि गन्धलाई फरक पार्छ ।’
डा. पन्तकाअनुसार साइटभित्रबाट मिथेन ग्याँसबाहिर ल्याउन भेन्ट नभएकोले भित्र धेरै ग्याँस भरिएको छ । यसलाई ड्रिल गरेर बाहिर ल्याउनुपर्छ । यसको व्यवस्थापनका लागि छिमेकी गाउँमा खाना पकाउने प्रयोजनका लागि वितरण गर्न सकिन्छ । साइटमा कति परिमाणमा ग्याँस छ ? कति निकाल्न सकिन्छ ? र कसरी वितरण गर्न सकिन्छ । यसका लागि थप अध्ययन आवश्यक पर्ने उनको भनाइ छ ।
महानगरका प्रमुख बालेन्द्र शाह भन्छन्, ‘साइट व्यवस्थापनका लागि गन्धसँगै पानी, माटोजस्ता क्षेत्रको अध्ययन गर्नुपर्छ । यसका लागि पनि हामीले नास्टलाई पत्राचार गरेका छौँ । यसका आधारमा डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोशी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहभागी भएको टोलीले प्रारम्भिक अध्ययन गरेको छ ।
अध्ययनबाट प्राप्त जानकारी उल्लेख गर्दै प्रमुख शाहले भने, ‘लिचेड मिसिनु भन्दा अगाडि, लिचेड मिसिएको ठाउँ र लिचेड मिसिएको ठाउँभन्दा ९२० मिटर पर गरेर ३ फरक फरक बिन्दुबाट पानीको नमुना संकलन गरेर प्रारम्भिक अध्ययन गरिएको छ । यी ठाउँबाट संकलन गरिएका ३ वटा नमूनाहरुको तुलनात्मक अध्ययनबाट स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा लिचेडको मात्रा धेरै देखिएको छ । यहीकारण जलमा बस्ने जीवजन्तुमा नकारात्मक असर परेको अध्ययनले देखाएको छ ।’
पानी प्रदुषण र लिचेड सम्बन्धी अन्तिम रिपोर्ट आएपछि अल्पकालीन मध्यकालीन र दीर्घकालीन समाधानका उपाय खोजिने प्रमुख शाहको भनाइ छ ।
यसैगरी अमृता पौडेल नेतृत्वको टोलीले सिसडोल साइटलाई गन्धमुक्त बनाउन बनाउन चाहिने जीवातुको मात्रा र छर्ने विधि निक्र्यौल गरेको छ । यसका लागि प्रारम्भिक काम ३ दिन भित्र नै सुरु गर्ने गरि तयारी भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस