वातावरण

सांसद थापाद्वारा उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री देउवाले नै पहलकदमी लिन माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहलकदमी लिन माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाले मात्र फोहोर व्यवस्थापन गर्न नसक्ने भन्दै उनले प्रधानमन्त्रीलाई पहलकदमी लिन माग गरेका हुन् ।

सांसद थापाले कुहिने र नकुहिने फोहोर घरबाटै छुट्याउनुपर्ने भन्दै काठमाडौँवासीलाई आग्रह गर्दै काठमाडौँ उपत्यकाका अन्य नगरपालिकाले पनि फोहोर व्यवस्थापनमा सहयोग गर्न पनि सुझाव दिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत