राजनीति

‘स्थानीय तह निर्वाचनमा प्रदेशगत रुपमा पनि कांग्रेस पहिलो दलको रुपमा स्थापित’ (प्रतिवेदनसहित)

काठमाडाैं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनले कांग्रेसलाई सबैभन्दा ठूलो दलको रुपमा स्थापित गरेको जनाएको छ ।

बिहीबार कांग्रेसको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिले प्रतिवेदन सार्वजनिक गरेको छ ।

कांग्रेस केन्द्रीय सदस्य एवम् उपसमितिका संयोजक प्रदीप पौडेलद्वारा सार्वजनिक उक्त प्रतिवेदनमा स्थानीय तह निर्वाचनले कांग्रेसलाई ठूलो दलको रुपमा स्थापित भएको उल्लेख छ ।

बुधबार उपसमितिले पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कासमक्ष निर्वाचन तथा यसको परिणामबारे विस्तृत अध्ययन प्रतिवेदन बुझाएको थियो ।

 

नेता पौडेलले प्रतिवेदनमा गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा काँग्रेसको मुख्य प्राप्ति र निष्कर्ष समेटेका छन् । जसमा वडागतरुपमा मत विश्लेषण गर्दा मत र पद दुवैमा  काँग्रेस पहिलो भएको छ ।  काँग्रेसले ७५२ मध्ये ३२९ पालिका (१८८ अध्यक्ष र १४१ प्रमुख)को नेतृत्व हात पारेको छ । ३ सय पालिकामा (१९० उपाध्यक्ष र ११० उपप्रमुख) काँग्रेसले प्रतिवेदनमा उल्लेख छ । काँग्रेसले अहिलेसम्म १६६५ वडाध्यक्ष जितेको छ । 

कांग्रेसका वडा अध्यक्षका उमेदवारले पाएको मत ३८ लाख ८३ हजार १३८ रहेको छ । प्रदेशगत रुपमा पनि कांग्रेस पहिलो दल बनेको छ । सातै प्रदेशमा पहिलो भएको कांग्रेस बागमती र कर्णालीमा एमालेभन्दा दोब्बर बढी पालिका प्रमुख जित्न सफल भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत