गाउँ सहर

सैनामैनामा रहेको लुम्बिनी कपास उद्योगमा आगलागी

सिद्धार्थनगर । रुपन्देहीको सैनामैनामा रहेको लुम्बिनी कपास उद्योगमा  आगलागी भएको छ । सैनामैना नगरपालिका–६ कलौनी स्थित पुरानो बजार नजिक रहेको लुम्बिनी कपास उद्योगमा बिहानदेखि आगो लागेको हो ।

आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको दमकलसहित ३ वटा दमकल प्रयोग भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना,नगरप्रमुख फणिन्द्रशर्मासहित जनप्रतिनिधि ,नगर प्रहरी र स्थानीयहरु घटना स्थलमा छन् । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । क्षतीको बिबरण आइसकेको छैन ।

गाउँ सहर संवाददाता

तपाईँको मत