सडक/यातायात

सार्वजनिक यातायातको भाडा फेरि बढ्याे, कहाँ जान कति तिर्नुपर्ने ?

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएकाे छ । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै अन्तरप्रदेश भाडादर स्वचालित वृद्धि गरिएको हो । 

यात्रुबाहक सवारीमा २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारी साधनमा ३.७ प्रतिशतले बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो । ११ जेठमा मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो ।

नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो । इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा ११ जेठबाटै लागू हुने भएको छ ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत