प्रशारण लाइनमा चढेका व्यक्तिकाे ‘कठिन’ उद्धार
- गाउँ सहर संवाददाता
- २८ जेठ शनिबार, २०७९ | २०:०३:०० मा प्रकाशित
काठमाडाैं। नुवाकोटको ककनी गाउँपालिका वडा नं ७ स्थित बिजुलीको हाइटेन्सन प्रसारण लाईनमा चढेका मानिसको नेपाली सेनाले उद्धार गरेको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालका अनुसार नेपाली सेना रेञ्जर गणको उद्धार टोलीले प्रसारण लाइनमा झुण्डिएर बसिरहेका माइला विकको उद्धार गरेको हो।
तारमा झुण्डिएका विकको करिब ९ घण्टापछि उद्धार भएको हो। उनलाई बेलुकी ७:३० बजे उद्धार गरिएकाे हाे।
दिनभर स्थानीयले विकलाई तारबाट ओराल्न प्रयास गरेपनि कसैले नसकेपछि सेनाको टोलीले टावरमा चढेर उनलाई उद्धार गरी तल ल्याएको हो।
विक शनिबार दिउँसो ११ बजे ककनी गाउँपालिका– ७ मा त्रिशूली मातातीर्थ प्रसारण लाइनको तारमा चढेका थिए। उनी चढेपछि विद्युत सेवा अवरुद्ध गरिएको थियो।
९ घण्टा विद्युत प्रसारण रोकिँदा करिब ९० लाख बराबरको घाटा भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
सेनाले विकलाई उद्धार गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ।
यसअघि ती व्यक्तिकाे उद्धारका लागि उर्जामन्त्री पम्फा भुषालले नेपाली सेनालाई आग्रह गरेकी थिइन्। विककाे उद्धारसँगै दिनभर बन्द गरिएकाे विद्युत प्रसारण पनि सुचारु गरिएकाे छ।
विककाे मानसिक समस्या रहेकाले यस्ताे गरेका हुनसक्ने स्थानीयवासीले बताएका छन्।उनले अरूबेला पनि अन्य असामाजिक व्यवहार देखाउँदै गाउँघर डुल्ने गरेका उनीहरुकाे भनाइ छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
प्रतिकृया दिनुहोस