पाेखरा महानगरमा एडिबी सहकार्यमा विद्युतकाे काम अगाडि बढ्ने
- गाउँ सहर संवाददाता
- २९ जेठ आइतबार, २०७९ | ०४:५१:०० मा प्रकाशित
पाेखरा । सहरी विद्युत वितरण प्रणाली सुदृणिकरण र सहरी सौन्दर्यकरण कार्यक्रमका लागि लेखनाथ सबस्टेसनबाट पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न एडिबीसंग नेपाल विद्युत प्राधिकरणले सम्झौता गरेर अब केही दिनमा काम नै सुरु हुने भएकाे छ ।
पोखराको जिरो किलोमिटर देखि फेदीसम्म सडकलाईट जडानका लागि नयाँढंगले अगाडि बढ्ने र मुख्य बजार क्षेत्रमा विद्युत भूमिगत गर्ने विषयमा पोखरा महानगरका प्रमुख धनराज आचार्य र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच महत्वपूर्ण छलफल भएसँगै साे कर्य सुरू हुने भएकाे हाे ।
पोखराको सहरी विद्युतिकरण अन्तर्गत सडक बत्ती जडानका लागि पोखरा महानगर र नेपाल विद्युत प्राधिकरणका बीचमा यस अगाडि नै सम्झौता भएर पोखरा महानगरले आफ्नो तर्फबाट ५ करोड रुपैयाँ भुक्तानी दिइसकेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस