भिभिड कन्सल्टेन्स नेपालद्वारा भक्तपुरको राधे-राधेमा आफ्नो शाखा विस्तार
- गाउँ सहर संवाददाता
- २९ जेठ आइतबार, २०७९ | १७:५४:०० मा प्रकाशित
भक्तपुर। भिभिड कन्सल्टेन्स नेपालले भक्तपुरको राधे-राधेमा आफ्नो शाखा विस्तार गरेको छ। २०१७ मा स्थापित भएर भिभिड कन्सल्टेन्सले विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेको छ।
वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुका लागि सेवा प्रदान गर्दै आएको भिभिड कन्सल्टेन्सले काठमाडौँको नयाँ बानेश्वर पश्चात् भक्तपुरको राधे राधेमा आफ्नो शाखा विस्तार गरेको भिभिडका एक्जक्युटिभ डाइरेक्टर लक्ष्मण घिमिरेले जानकारी गराए।
भिभिड कन्सल्टेन्स नेपालले विद्यार्थीहरुलाई आवश्यक कुनै पनि सेवामा सम्झौता नगर्ने जनाएको छ। वैदेशिक अध्ययनमा जाँदा आइपर्ने कुनै पनि अफ्ठ्याराहरुलाई कसरी समाधान गर्ने तथा विदेशमा पढ्न जाँदा विद्यार्थीहरुले ध्यान दिनुपर्ने प्रमूख कुराहरुमा भिभिड कन्सल्टेन्स् अष्ट्रेलियाका म्यानेजिङ डाइरेक्टर योगेन्द्र विष्टले प्रकाश पारे।
अष्ट्रेलियामा अवस्थित न्यू इरा इष्टीच्यूटकी कन्ट्री डाइरेक्टर कामना शर्मा तथा ब्लु लोटस् कलेजका कन्ट्री म्यानेजर कमल भण्डारीले इष्टीच्यूटमा आई इ एल टि एस, पि टि ई तथा अन्य इंग्लिश प्रोफीसिएन्सी टेस्ट अध्ययनरत विद्यार्थीहरुलाई आ-आफ्नो कलेजका बारेमा परामर्श प्रदान गरेको थिए।
भिभिडमा आई इ एल टि एस, पि टि ई अध्ययनरत विद्यार्थीहरुले भिभिडको सेवासुविधा तथा शैक्षिक वातावरण निकैनै प्रशंसनीय रहेको बताएका छन्।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
प्रतिकृया दिनुहोस