आज ८ मन्त्रीहरुले बजेटमा उठेका प्रश्नकाे जवाफ दिने
- गाउँ सहर संवाददाता
- ३० जेठ सोमबार, २०७९ | ०७:४१:०० मा प्रकाशित
काठमाडाैं । प्रतिनिधि सभाको बैठक आज जेठ ३० गते बिहान ११ बजे बस्दै छ । आजकाे बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथि प्रतिनिधि सभा सदस्यहरुले उठाएका प्रश्नको आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिँदै छन् । आइतबार बजेटमा मन्त्रालयगत छलफल सकिएकाले आज सम्बन्धित मन्त्रीहरुले जवाफ दिन लागेका हुन् ।
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आज ८ मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ ।
संसद् सचिवालयका अनुसार सोमबारको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्राय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विनियोजन विधेयकका शीर्षमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेछन् ।
सम्बन्धित मन्त्रीहरुले जवाफ दिने काम सकिएपछि बजेट पारित हुने छ । त्यसपछि सरकारले खर्च गर्ने बाटो खुल्ने छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
- शेयरबजार : नेप्सेसँगै काराेबार गिरावट
- तोकिएको समयमा र कानुनअनुसार काम नगर्ने २३ वटा कम्पनी कालोसूचीमा
- नेपाल बहराइनसँग ३–० गोलअन्तरले पराजित
- आइएमई पेमार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५ सयसम्म बोनश पाइने
प्रतिकृया दिनुहोस