गाउँ सहर

ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु

झापा । झापा गौरादहमा ट्याक्टरको ठक्करबाट १ जनाको मृत्यु भएकाे छ ।

प्रहरीका अनुसार गौरादह नपा वडा नं १ स्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नं को ट्याक्टरले ऐ. बस्ने राम प्रसाद अधिकारीको छोरा वर्ष ९ को गौरव अधिकारीलाई ठक्कर दिँदा उनकाे मृत्यु भएकाे हाे ।

घाईते भई उपचारको लागि दमक अस्पताल दमक लगेकोमा डाक्टरले मृत घोषणा गरेको थियाे ।

ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक जिल्ला झापा कमल गापाका बिनोद चौधरी प्रहरीको नियन्त्रणमा रहेको  प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत