गाउँ सहर

जनकपुरमा Certificate in International Financial Reporting Standard (Cert-IFR) सम्बन्धी एक दिने तालिम सम्पन्न

ए.सी.सी.ए. (ACCA) नेपाल र NCA College of Management को संयुक्त आयोजनामा गत २०७९ जेष्ठ २८ गते (जुन ११, २०२२) शनिबार जनकपुर स्थित होटल सीताशरणमा मधेश प्रदेशका, धनुषा, सिराहा, सप्तरी, सर्लाहि, महोत्तरी र सिन्धुली गरी ६ जिल्लाका ११ र १२ कक्षामा तथा वी.वी.ए तथा वी.वी.एसमा लेखाशास्त्र (Accountancy) विषय अध्यापन गराउने ४६ वटा कलेजका शिक्षक÷शिक्षिकाहरुलाई हाल परिबर्तित पाठ्यक्रममा समावेश गरिएको केहि नयाँ पाठ्य सामाग्री (NAS & NFRS ) लाई समेत मध्यनजर गरी Certificate in International Financial Reporting Standard (Cert-IFR) सम्बन्धी एक दिने तालिम भब्यतापूर्वक सम्पन्न गरियो ।

उक्त कार्यक्रमको समुद्घाटन शत्रमा आयोजक ए.सी.सी.ए. नेपाल तथा एन.सी.ए. कलेजका तर्फबाट ए.सी.ए. कलेजका अध्यक्ष सुरेश पण्डितले उपस्थित विशिष्ट अतिथिहरु एवं तालिममा सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको उद्धेश्य र महत्व माथि प्रकाश पारे। साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरे।

कार्यक्रममा धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, राजशी जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. शैलेन्द्र नारायण मल्लिक, रजिष्ट्रार प्रो. जुगेश्वर झाले संयुक्तरुपमा पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमलाई सम्वोधन गरेका थिए। यसै गरि राष्ट्रिय परीक्षा वोर्ड जनकपुरका प्रमुख प्रकाश राज काफ्ले, पूर्वाञ्चल विश्वविद्यालय सभा सदस्य (सिनेटर) तथा हिमालयन हव्वाईट हाउस इन्टरनेशनल कलेज पुतलीसडकका प्रिन्सीपल प्रा. तोया नारायण पौड्याल, शिक्षाविद तथा मोडेल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विरेन्द्र कुमार साह र जनपुर उपमहानगर पालिका शिक्षा शाखा प्रमुख मेहीलाल यादवले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए।कार्यक्रममा धनुषा जिल्लाका हिसान, प्याब्सन, एनप्याब्सन र विभिन्न शिक्षक संगठनका अध्यक्षहरुको पनि उपस्थिति थियो।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले नेपालको सन्दर्भमा International Financial Reporting Standard को महत्वको बारेमा विस्तृत रुपमा प्रकाश पारे । त्यस्तै गरि राजशी जनक विश्वविद्यालयका उपकुलपति प्रा.डा. शैलेन्द्र नारायण मल्लिकले ए.सी.सी.ए.को  विश्वब्यापी लोकप्रियताको बारेमा उल्लेख गर्दै यसका बारेमा शिक्षा क्षेत्रमा कार्यरत सबैले जानकारी लिनु पर्ने सुझाव दिए। राष्ट्रिय परीक्षा वोर्ड जनकपुरका प्रमुख प्रकाश राज काफ्लेले राष्ट्रिय परीक्षा बोर्डले हाल सालै कक्षा ११ र १२ को पाठ्यक्रम परिर्वतन गरेको परिपे्रक्षमा यो तालिम अत्यन्तै सान्र्दभिक र उपयोगी रहेको बताए ।

एन.सी.ए.कलेजले नेपाली विद्यार्थीलाई विगत १८ वर्ष देखि निरन्तर रुपमा गुणस्तरिय ए.सी.सी.ए. (ACCA) ब्यावसायिक शिक्षा प्रदान गर्दै आएको छ भने सन् २०१० मा कलेजको अध्ययन÷अध्यापनको गुणस्तर मापन गरि द एशोसीयसन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेन्स्ले Approved Learning Partner-Gold को मान्यता पाएको छ । शिक्षा मन्त्रालयबाट ए.सी.सी.ए. तयारी कक्षा सञ्चालन गर्न स्वीकृत प्राप्त गर्ने यो नेपालको पहिलो न्यमि क्तबतगक कलेज हो भने ए.सी.सी.ए. बेलायतको The Association of Chartered Certified Accountants, UK द्धारा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी कोर्स हो ।

उक्त एक दिने तालिमको पहिलो शत्रमा कलेजका प्रतिनिधि जगदिस भट्टराई र दोश्रो शत्रमा कर्ण थापाले प्रशिक्षण दिएका थिए भने ए.सी.सी.ए.का बारेमा अध्यक्ष सुरेश पण्डितले जानकारी दिएका थिए । कार्यक्रमको अन्तमा राष्ट्रिय परीक्षा वोर्ड जनकपुरका प्रमुखले सहभागीहरुलाई प्रमाण–पत्र वितरण गरे । कार्यक्रम जनता टेलिभिजनमा शिक्षाका कुरा कार्यक्रमका निमार्ता एवं प्रस्तोता तथा शिक्षाविद नारायण आचार्यले सञ्चालन गरेका थिए।

गाउँ सहर संवाददाता

तपाईँको मत