खेल

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत खेलमा नेपाल र ओमान भिड्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा ओमानसँग खेल्दैछ ।

नेपाली समय अनुसार राति ९:१५ बजे टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपाल र ओमानविरुद्ध प्रतिस्पर्धा हुनेछ ।

सिरिज अन्तर्गत पहिलो खेलमा नेपाललाई ओमानले १३ रनले हराएको थियो । नेपाल पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

ओमान ३५ खेलमा ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा अमेरिकाविरुद्ध बुधबार खेल्नेछ । शनिबार भएको खेलमा नेपाल र अमेरिकाबीचको खेल टाइ भएको थियो ।

गाउँ सहर संवाददाता

तपाईँको मत