गाउँ सहर

आइएमईको जोड्दै छ नाता अफर सार्वजनिक

काठमाडौँ । ईन्टरनेशनल डे अफ फेमिली रेमिटेन्सको अवसरमा आइएमईले सेवाग्राहीमैत्री “जोड्दै छ नाता” अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार ईन्टरनेशनल डे अफ फेमिली रेमिटेन्सलाई लक्षित गरी आइएमईले विदेशबाट बैंक डिपोजिट गर्ने पाँच (५) जना भाग्यशाली सेवाग्राहीहरुलाई प्रतिव्यक्ति रु. २२,०००/‐ (कर वाहेक) उपलब्ध गराउने छ ।

यो अफर ईन्टरनेशनल डे अफ फेमिली रेमिटेन्सका रुपमा मनाईने १६ जुन २०२२ एकदिनका लागि मात्र लागू हुनेछ ।

संयुक्त राष्ट्र संघले विदेशमा श्रम गर्न जाने करौडौं नागरिकहरूले रेमिटेन्स पठाएर आर्थिक संकटलाई पार लगाएको सम्मान स्वरूप यो दिनलाई विशेष दिनको मनाइँदै आइएको हो ।

विकाशोन्मुख देशहरूका लागि रेमिटेन्स जीवन निर्वाहको मुख्य श्रोत हो । यसरी व्यक्ति व्यक्तिले प्राप्त गर्ने रेमिटेन्स देशको अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिन्छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत