‘स्टेट पार्टनरसीप प्रोग्राममा अहिलेसम्म नेपाल संग्लन छैन, भोलि पनि हुँदैन, हुँदैन’
- गाउँ सहर संवाददाता
- २ असार बिहीबार, २०७९ | १५:००:०० मा प्रकाशित
काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा नेपाल संलग्न नहुने बताएको छ । गृहमन्त्री खाँणले प्रतिनिधिसभाको बैठकमा एसपीपीमा नेपाल अहिलेसम्म संलग्न नभएको र संलग्न हुने सोच पनि नरहेको प्रस्ट पारेका हुन् ।
उनले संसद्लाई सम्बोधन गर्दै भने, “नेपाल आवद्ध हुने निर्णय गरेको छैन । सोच पनि राखेको छैन । एसपीपीमा नेपाल आवद्ध भएको छैन । कुनै निर्णय पनि भएको छैन । नेपालको भूमि कुनै पनि राष्ट्रका विरुद्ध प्रयोग हुन दिँदैन ।”
गृहमन्त्री खाँणले नेपालले संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रका रूपमा असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तलाई अवलम्बन गरेको स्मरण गराए । ‘यसकारण पनि हामी कुनै पनि सैन्य गठबन्धनको हिस्सा बन्नै सक्दैनौँ । त्यसैले नेपाल र नेपाली सेना कुनै पनि सैन्य गठबन्धनको हिस्सेदार बन्न सक्दैन, बन्दैन,’ उनले भने ।
प्राकृतिक विपदको समयमा भने मानवीय सेवाको बेलामा नेपालमा चाहेमा सहयोग लिन सक्ने बताए । २०७२ को भूकम्पको बेलामा पनि नेपालको सहमति ३४ वटा मुलुको सेना आएर उद्धारमा काम गरेको भन्दै उनले भने, ‘स्टेट पार्टनरसीप प्रोग्राममा अहिलेसम्म नेपाल संग्लन छैन । भोलि पनि हुँदैन, हुँदैन ।’
मन्त्री खाँणले एसपीपी र एमसीसी परियोजनालाई तुलना गरेर हेर्न नमिल्ने बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
- कतारका राजा आउने भएकाले भोलि सार्वजनिक बिदा
- दिवङ्त आफन्तहरुको संझनामा बौद्ध स्तुपमा तेमाल जात्रा
- सन्दीपको पुनरावेदनमा सुनुवाइ आज
- आ..हा... कालिञ्चोक ! (शब्द तस्बिर)
- सेयर बजार बढ्यो दोहोरो अंकले
प्रतिकृया दिनुहोस