सूर्या लाइफ इन्स्योरेन्सको “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम” भव्यताका साथ सम्पन्न
- गाउँ सहर संवाददाता
- २ असार बिहीबार, २०७९ | २०:०६:०० मा प्रकाशित
बुटवल । सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा “एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम” एक भव्य समाहरोको आयोजना गरी करिब २०० भन्दा बढी आभिकर्ताहरु माझ सम्पन्न गरेको छ । प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा बुटवल, बर्दघाट, सुनवल, परासी, मुर्गिया, मणिग्राम, भैरहवा र मर्चबारबाट अभिकर्ताहरुको उत्साहजनक सहभगिता रहेको थियो ।
प्रदेश प्रमुख, किरण गौतमको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा वरिष्ठ अभिकर्ता कमल घिमिरे, माधव शर्मा र विष्णु पंगेनीहरुले आफ्ना सफलताका शुत्रहरु अभिकर्ताहरु माझ साटेका थिए ।
सूर्या लाइफको “मेरो पहिलो पोलिसी” अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान गरे । साथै उपस्थित अभिकर्ताहरुलाई उत्प्रेरणामुलक सन्देश तथा उपलब्धिमुलक प्रशिक्षण दिएका थिए । बीमितहरुको सेवालाई प्रथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय अवश्य वृद्धि हुने बताए ।
अभिकर्ताहरु नै कम्पनीको मेरुदण्ड भएको र उनीहरु मार्फत नै आम जनतामा कम्पनीको सेवा तथा सुविधा पुर्याउन सहज भएको बताए । समयको सही सदुपयोग, मेहनत र लगनशीलताका साथ अघि बढेमा सफलता सुनिश्चित रहेको जानकारी पनि गराए ।
उक्त कार्यक्रमबाट अभिकर्ताहरुले नयाँ जोस, जाँगर र थप हौसला प्राप्त गरेको कुरा व्यक्त गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
प्रतिकृया दिनुहोस