एसपीपीको 'च्याप्टर क्लोज' : परराष्ट्रमन्त्री, अमेरिकासँग सैन्य गठबन्धन हुँदैन: प्रधानसेनापति
- गाउँ सहर संवाददाता
- ३ असार शुक्रबार, २०७९ | १०:५५:०० मा प्रकाशित
काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) को च्याप्टर क्लोज भइसकेकाे बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बाेलाएकाे बैठकमा परराष्ट्र मन्त्री खड्काले अमेरिकाको एसपीपी नेपालको हितमा नभएको स्पष्ट पार्दे नेपाललाई स्वीकार्य नभएको बताए ।
प्रधानमन्त्री, नेपाली सेनाले समेत अगाडि बढ्दैन भनिसकेकाले अब यसलाई थप कोट्याउनु आवश्यक नभएको उनको भनाइ छ ।
'हामी सबैले एक या अनेक तरिकाले खाेतल्नु आवश्यक छैन । याे नगर्ने भनेपछि च्याप्टर क्लाेज भइसकेको छ । प्रधानमन्त्रीले हुँदैन भनेपछि र मैले पनि यसलाई अन्त्य गर्छौ भनेपछि थप खाेतल्न काेट्याउन हुन्न' उनले भने ।
बैठकमा जवाफ दिँदै प्रधानसेनापति प्रभुराम शर्माले सेनाले सैन्य गठबन्धनको सम्झौता नगरेको बताए । आफ्नो अमेरिका भ्रमणमा कुनै सम्झौता गर्ने कार्यक्रम नरहेको पनि स्पष्ट पारे ।
सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीहरुलाई भनिसकेको जानकारी पनि उनले दिए ।
अमेरिकालाई नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा एसपीपी सम्बन्धी पत्र पठाइएको स्वीकार गर्दै उनले तर सैन्य गठबन्धनका लागि नलेखिएको बताए । उनले भने, ‘अहिले नेपाली सेनाले लेखेको जुन पत्र आएको छ, यो सत्य हो । चिठी लेखिएको साँचो हो । तर चिठी लेख्दैमा सैन्य अलाएन्स लेखिएको छैन ।’ भूकम्पको बेला मानवीय सहायताका लागि भनेर पत्र लेखिएको उनले जानकारी दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
प्रतिकृया दिनुहोस