पहिलो पटक शुक्रबार काराेबार भएको दिन आज नेप्से परिसूचक घटेर बन्द
- गाउँ सहर संवाददाता
- ३ असार शुक्रबार, २०७९ | १४:०३:०० मा प्रकाशित
काठमाडौं । साताकाे अन्तिम काराेबार दिन तथा पहिलो पटक शुक्रबार काराेबार भएको दिन आज नेप्से परिसूचक घटेर बन्द भएकाे छ ।
हरेक शुक्रबार दुई घण्टा कारोबार गर्ने निर्णय आज (असार ३ गते) देखि लागुभएको छ । नियमित ४ घण्टा कारोबार भइरहेको बजारमा यस दिन पहिलो पटक दुई घण्टा शेयर कारोबार भएको हो ।
यसदिन नेप्से ७.५७ अंकले घटेर परिसूचक १९७१.३६ बिन्दुमा राेकिएकाे छ । यो दिन २२० कम्पनीको २३ लाख ५४ हजार ९११ कित्ता सेयर ७३ करोड ६२ लाख ३५ हजार २९८ रुपैयाँको सेयर किनबेच भएको छ ।
आज नेपाल दूरसञ्चार कम्पनीको धेरै रकमको कारोबार भएको छ । कम्पनीको १० करोड १४ लाख ७० हजार ८७९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सेञ्चुरी बैंक र एनसीसी बैंक रहेको छ ।
आँधीखोला लघुवित्तको शेयर सकारात्मक सर्किट लागेको छ । सो लघुवित्तको शेयरमूल्य यस दिन ९.९९ प्रतिशत, सिवाईसी लघुवित्तको शेयरमूल्य ४ प्रतिशत बढेको छ ।
त्यसैगरि रिभर फल्स पावरको शेयरमूल्य सर्वाधिक ५.९३ प्रतिशत घटेको छ । त्यसैगरी, बुद्धभूमि नेपाल हाइड्रोपावर र सिंगटी हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
- सुरू भयाे एसईईका उत्तरपुस्तिका परीक्षण
- लेखनाथमा चौथो राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
- इलाम र बझाङमा हुने निर्वाचनमा मौन अवधि सुरु, मौन अवधिमा केके गर्न पाइँदैन ?
- ISPAN काे पत्रकार सम्मेलन बिहीबार
- कतारी अमिरको नेपाल भ्रमण कति उपलब्धिमूलक रह्यो ?
- शेयर बजारमा २ अर्ब ५३ करोडको कारोबार, यस्ताे रह्याे नेप्से
प्रतिकृया दिनुहोस