भन्सार छली ल्याइएकाे मल किसानले खाेसे
- गाउँ सहर संवाददाता
- ४ असार शनिबार, २०७९ | १८:२५:०० मा प्रकाशित
काठमाडाैं । भन्सार छलि गरि ल्याइएकाे रासायनिक मल किसानले खाेसेका छन् ।
शनिवार धादिङमा सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएर काठमाडौं ल्याउँदै गरेको दुई ट्रक मल किसानले बाटाेमै खाेसेर लगेका हुन् ।
सशस्त्र प्रहरीले मल लुटपाट रोक्न खोजेपनि उनीहरुको केही सीप लागेन । भन्सार छलेको भन्दै राजश्व विभागले नियन्त्रणमा लिएको अवस्थामा किसानले कब्जा गरेर मल घरतिर लगेका हुन् । उनीहरुले झन्डै ५ सय हाराहारी मल घरतिर लगेका छन् । भन्सार छलेर ल्याएको मल व्यापारीहरुले महंगो बेच्ने गरेको उजुरीपछि राजश्व विभागले छापा मारेको जनाइएको छ ।
धुनिबेशी नगरपालिका-६ धार्केस्थित पूर्व-पश्चिम राजमार्ग हुँदै काठमाडौं ल्याइरहेको मल बोकेको दुई ट्रक स्थानीयले रोकेका थिए।
स्थानीयहरू आफैंले नै ट्रकमा चढेर बोकेर लगेका थिए । सो ट्रकसँगै आएका दुई जना सशस्त्र प्रहरीले पनि केही गर्न सकेका थिएनन् ।
मुख्य बाली धान खेती गर्ने समयमा रासायनिक मलको चरम अभाव भइरहेको बेला स्थानीयहरूले यस्तो गरेका हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस