काठमाडौं महानगरपालिकाका मेयर शाहले सार्वजनिक गरे निर्वाचनकाे खर्च, केमा कति ?
- गाउँ सहर संवाददाता
- ७ असार मंगलबार, २०७९ | ०८:११:०० मा प्रकाशित
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक विवरणअनुसार शाहको चुनावी अभियानमा कूल खर्च तीन लाख ९४ हजार ४८९ उल्लेख छ ।
उनले आज सामाजिक सञ्जालमा सार्वजनिक गरेको विवरण अनुसार उनले काठमाडौंको मेयरमा निर्वाचित हुन करिब ४ लाख मात्रै खर्च गरे ।
आफ्नो चुनावी अभियानमा ३ लाख ९४ हजार चार सय ८९ रुपैयाँ खर्च भएको बालेनले जानकारी दिएका छन् ।
यसमध्ये मतगणनाका क्रममा मात्रै एक लाख रुपैयाँभन्दा बढी खर्च भएको हा । मतगणनामा ढिलाइ हुँदा निर्वाचन प्रक्रिया लामो र बोझिलो बनेको मात्र नभई उम्मेदवारका लागि पनि महँगो भएको बालेनले गुनासो गरेका छन् ।
खर्च विवरण सार्वजनिक गर्न ढिलाइ भएकोमा समेत उनले माफी मागेका छन् ।
बालेनका अनुसार सबैभन्दा बढी खर्च गोष्ठी र कार्यकर्ता परिचालनमा भएको छ । १५ दिन १८५ र २४५ जनालाई खाजा र खानामा १ लाख १३ हजार ५०० रुपैयाँ खर्च भएको उनले बताएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
प्रतिकृया दिनुहोस