लाैराे र घण्टी - संकुचित नभएर खुला भएर साेच्ने कि !
- गाउँ सहर संवाददाता
- ७ असार मंगलबार, २०७९ | २२:४९:०० मा प्रकाशित
काठमाडाैँ । स्थानीय निर्वाचन २०७८ मा काठमाडाैँबाट विजयी वालेन्द्र शाह (वालेन) सडकमा स्वतन्त्रकाे नामबाट चुनावमा हाेमिँदैगर्दा धेरै कमले मात्र साेचेका थिए उनकाे जीत । सानाे साेच र कांग्रेस/कम्युनिष्ट विचार र प्रभावबाट मानिस बाहिर निस्कन सकेका थिएनन् । परिणाम - चुनावी नतिजाले सबैकाे माथा हल्लाइदियाे ।
याे भर्खरैकाे घटना हाे र सबै जानकार छाैँ । यहाँ वालेन, हर्क, गाेपाललगायत धेरै स्वतन्त्र उम्मेदवारहरूले चुनाव जिते । कामपनि राम्ररी सुरूवात गरिसकेका छन् ।
देशमा संघीय चुनावकाे गर्मी बढिसकेकाे छ । विभिन्न स्वतन्त्र उम्मेद्वारहरू मैदानमा उत्रिन थालेका छन् । यसैबीचकाे चर्चित पात्र बन्न पुगेका छन् रवि लामिछाने पनि ।
लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामको दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएपछि धेरैकाे अहिले निद हराम भएकाे छ । जुनकुरा सामाजिक सञ्जालमा भएका पाेस्टहरूले पुष्टि गर्दछ ।
सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन् । लामिछानेले प्रधानमन्त्री र मुख्यमन्त्रीको चुनाव प्रत्यक्ष हुनु पर्ने माग राखेका छन् ।
उनले पार्टी सदस्यहरुबीच प्रारम्भिक निर्वाचन गरेर मात्र संसदको प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार चयन गर्ने बताए । प्रधानमन्त्री र मुख्यमन्त्रीको उम्मेदवार हुने व्यक्तिले पहिला पार्टीमा चुनाव जित्नु पर्ने उनको अवधारणा छ ।
लामिछानेले पार्टीका हरेक कमिटीमा ५० प्रतिशत युवा सहभागिता हुने बताएका छन् । उनले पार्टीको चुनाव चिन्ह घन्टी प्रस्ताव गरेका छन् । उनले संवैधानिक समाजवादको सिद्धान्तलाई पार्टीले अंगाल्ने पनि बताएका छन् ।
उनकाे याे गतिविधि देखेर विभिन्न पार्टीका नेता तथा सर्वसाधारणले कसैले हाेच्याएर/गिज्याएर प्रतिक्रिया दिएका छन् भने युवा नेता तथा अभियन्ताहरूले भने खुलेर प्रसंसा गरेका छन् । केहिले कताकता व्यक्तिवादी र एकल निहीत पार्टीको झल्को देखिएको छ भनेका छन् भने कतिले दलका नेतालाई टुँडिखेलमा जम्मा गरेर घुमाईघुमाई नाकको डाँडी भाच्नुपर्छ भन्ने सम्म बताएका छन् । र धेरैले नयाँ पार्टीका निम्ति लामिछानेलाई हृदयदेखि धेरैधेरै शुभकामना छ, भनेका छन् ।
जसले जे भनेपनि रवि लामिछानेकाे राजनीतिक यात्रापनि वालेनकाे जस्तै महँगाे पक्कै पर्ने आंकलन गर्न सकिन्छ ।
हुन त भीडले चुनाव नजितिएला तर दलकाे व्यवहार र परिपाटीमा परिवर्तन नहुँदा देशैभर याे संघीय चुनावमा सयाैँ स्वतन्त्र वालेनहरू चुनावमा हाेमिने पक्का छ । र दल नसुध्रिए जनताले नयाँपन खाेजेकाे कसैबाट छिप्न सक्दैन ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालकाे भेट युएईसँग
- नेप्से लगातार ओरालो, परिसूचक घटेर २ हजार बिन्दुबाट तल
- नेपालकाे लगातार चाैथाे जीत, साउदी अरबलाई ६ विकेटले पराजित
- काठमाडौं महानगरपालिकाद्वारा आजदेखि क्यान्सरको निःशुल्क परीक्षण शुरू
- सेमिफाइनल पुगिसकेकाे नेपालले आज साउदी अरेबियासँग खेल्दै
- कोलकातामाथि राजस्थानको रोमाञ्चक जित
- सहकारीको रकम अपचलनबारे गृहमन्त्री रविले फेसबुकमार्फत दिए यस्ताे स्पष्टीकरण
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा पुनः दाबी पेस गर्न आह्वान
- नेप्सेमा १४.८१ अंककाे गिरावट
- आजदेखि सेतो मत्स्येन्द्रनाथ रथयात्रा
प्रतिकृया दिनुहोस