स्माटच्वाईस टेक्नोलोजिज र मोरू डिजिटल वालेटवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालन
- गाउँ सहर संवाददाता
- ८ असार बुधबार, २०७९ | १८:०९:०० मा प्रकाशित
काठमाडौँ । नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली संचालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ ।
बिगत २० वर्षदेखि नेपाली मन र मुटुमा राज गर्दै कार्ड लगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज र विश्वसनीय र सरल भुक्तानी सेवा दिने अठोट बोकेको मोरू डिजिटल वालेटबीच भएको यो सहकार्यले मुलुकको डिजिटल भुक्तानीको विकासमा थप योगदान पुग्न जाने आशा कम्पनीले लिएकाे छ ।
यस सम्झौतासंगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले १६०,००० स्मार्ट क्यूआर मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन भने मोरू वालेट मार्फत विभिन्न ब्यापार—व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिनलाई स्माट क्यूआरको सुविधा लिन सक्नेछन् । उत्कृष्ट प्रविधिले बनेको फाइनान्सियल स्विच मार्फत कारोबारको भुक्तानी तथा फर्स्योट गर्ने भएकाले इ.एम.भि स्ट्यान्डर्डमा आधारित स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।
पे नेप (मोरू) कोे कार्यलयमा आयोजित कार्यक्रमका विच स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र पे नेप (मोरू वालेट) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशितोष साहबीच स्मार्ट क्यूआर सेवा संचालन सम्झौतामा हस्ताक्षर भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गौर हत्याकाण्डसम्बन्धी मुद्दामा १७ वर्षपछि कारण देखाउ आदेश
- करिब २२ घण्टा नेपाल बसेर स्वदेश फर्किए कतारी राजा थानी
- कतार र नेपालको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता
- यस्ताे छ मुलुकभर कृषि कामदार अभावकाे तथ्याँक
- मलेसियाको श्रम नीतिले नेपालकाे राेजगारमा असर
- शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्तामा भए यस्ता छलफल
- समयमा काम सम्पन्न नगर्ने पप्पु कन्स्ट्रक्सनसहित निर्माण २९ कम्पनी कालो सूचीमा
- उच्च प्राथमिकतामा कतारी राजाको भ्रमण, स्वागतमा राष्ट्रपति, यस्ताे छ तयारी
- पहाडी भेगमा आंशिक बदली, केही स्थानमा हुरीबतासको सम्भावना
- सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा
प्रतिकृया दिनुहोस