यी २७ जिल्लाका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप
- गाउँ सहर संवाददाता
- ९ असार बिहीबार, २०७९ | ०९:२१:०० मा प्रकाशित
काठमाडौं । सरकारले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको खोप दिँदै छ । २७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको पहिलो मात्रा खोप दिइँदै छ ।
खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २७ जिल्लाका बालबालिकालाई आजदेखि १५ असारसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइनेछ । बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइनेछ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीले यो खोपको प्रभावकारिता ९१ प्रतिशत रहेको भन्दै ढुक्क भएर लगाउन आग्रह गरे ।
यो उमेर समूहका बालबालिकालाई दिन लागिएको फाइजर बायोएन्टेक खोप ९९ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको परिवार कल्याण महाशाखाले जनाएको छ ।
यी हुन् आजदेखि खोप दिइने २७ जिल्ला
प्रदेश–१ : झापा, इलाम मोरङ, सुनसरी
मधेस प्रदेश : सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी
वाग्मती प्रदेश : काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर
गण्डकी प्रदेश : कास्की, नवलपरासी पूर्व
लुम्बिनी प्रदेश : नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया
कर्णाली प्रदेश : सुर्खेत
सुदूरपश्चिम प्रदेश : कैलाली कञ्चनपुर र डडेलधुरा
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- निजी विद्यालयको नाम फेर्न काठमाडौं महानगरकाे १ महिने अल्टिमेटम
- यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णयहरू : नियुक्तदेखि बढुवासम्म
- एमडीएमएस खरिदमा संलग्न २० जनाविरुद्ध झण्डै ९२ करोडकाे मुद्दा
- साताको अन्तिम कारोबार दिन सामान्य अंकले बढ्याे नेप्से
- राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालद्वारा राजीनामा
- नेपाल–भारत विद्युत् आयात सम्झौता नवीकरण
- ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगमबीच समझदारी
- सुनको मूल्यमा नयाँ रेकर्ड कायम
- यसपालीकाे एसईई परीक्षा सुरु, ११ कक्षामा भर्ना हुन ३५ प्रतिशत अंक चाहिने
- मुगुमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ४ घाइते
प्रतिकृया दिनुहोस