अर्थतन्त्र

नेप्सेमा दोहोरो अंकले बढ्याे

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज शुक्रबार दोहोरो अंकले बढेको छ । आज नेप्से १३.७८ अंकले बढेर एक हजार ८ सय ६२ दशमलब ०६ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज दुई घण्टा कारोबार भएको शेयरबजारमा एक अर्ब १५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १५० कम्पनीको शेयरमूल्य बढेको छ भने ४१ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत