स्कटल्यान्डमा हुने विश्वकप लिग खेल्ने क्रिकेट टिम घोषणा
- गाउँ सहर संवाददाता
- १३ असार सोमबार, २०७९ | ०८:३०:०० मा प्रकाशित
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले स्कटल्यान्डमा हुने विश्वकप लिग २ र त्यसअघि क्यानडाविरुद्धको वान–डे सिरिजका लागि नियमित कप्तान सन्दीप लामिछानेको नेतृत्वमा आइतबार १४ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ ।
टिमको उपकप्तानमा रोहित पौडेल निरन्तर रहेका छन् । अलराउन्डर पवन सर्राफले पुनरागमन गरेका छन् भने बायाँ हाते स्पिनर वासिर अहमदले पहिलोपल्ट वान–डे टिममा स्थान पाएका छन् । अमेरिका भ्रमणको टिममा रहेका सागर ढकाल, सुसन भारी र सुनील धमला बाहिरिएका छन् । कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, किशोर महतो र विनोद भण्डारी टिममा यथावत् छन् ।
नेपाली टिम क्यानडामा दुई वान–डे खेलेपछि स्कटल्यान्ड जानेछ, जहाँ घरेलु टिम स्कटल्यान्ड र नामिबियिाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल जुलाई ११ (नेपालविरुद्ध नामिबिया) हुनेछ । टिम मंगलबार क्यानडा प्रस्थान गर्नेछ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
- गर्मीले नेपालगञ्जको जनजीवन प्रभावित
- सहकारी समस्या समाधान गर्ने सरकारको निर्णय
- बाँकेका वनमा डढेलो
- शेयरबजार : २ अर्ब ३६ करोडको कारोबार हुँदा कसले कमाए, कसले गुमाए ?
- बाटो निर्माण गर्दा अनियमितता गर्ने सात जनाविरूद्ध भ्रष्टचार मुद्दा
- भालीदेखि कक्षा १२ काे परीक्षा, झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै
- वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यीय टोली घोषणा
- १६ औँ योजनामा पूर्वाधार निर्माण र सूचना प्रविधि प्राथमिकता : प्रधानमन्त्री
प्रतिकृया दिनुहोस