अर्थतन्त्र

अघिल्लाे दिन उत्साहित लगानीकर्तामा भाेलिपल्टै निराश, दाेहाेराे अंकले घट्याे नेप्से

काठमाडाैं । आइतबार ९५ अंकले बढेकाे शेयर बजार सूचक एक दिन पनि टिकेन । लामो समय बजारमा आएको गिरावटपछि एकाएक बढेको बजारले लगानीकर्तामा उत्साह देखिएकाेमा साेमबारै ओरालो लागेकाे छ । 

साताकाे दाेस्राे काराेबार दिन साेमबार बजार परिसूचक नेप्से २३.८५ अंकले गिरावट भएर १९३३.१३ अंकमा बन्द भएकाे छ । सोमबार अल्पकालीन लगानीकर्ताहरु शेयर बिक्री गर्न हतारिँदा नेप्सेमा दबाब परेको देखिन्छ ।

आज बजारमा कुल २ अर्ब ४ कराेड ४८ लाखकाे काराेबार हुँदा नागरिक लगानी काेषकाे सर्वाधिक १५ कराेड ६६ लाखकाे काराेबार भएकाे छ ।

आज जीवन बीमा र लगानी बाहेक ११ वटा उपसमुहगत सूचक रातो भएका छन । जीवन बीमाको सूचक १.२२ र लगानी १ प्रतिशतले बढेको हो । विकास बैंक सर्वाधिक ३.५१ प्रतिशतले घटेको बजारमा ब्यापार, होटल, जलविद्युत र फाइनान्स सूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।

सोमबार नागरिक लगानी कोषको सबैभन्दा धेरै १५ करोड ६५ लाख ८८ हजार रुपैयाँको कारोबार भएको छ । हिमालयन डिष्टिलरी ९ करोड ७ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशन ८ करोड ३ लाख र नबिल बैंकको ७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एशियन लाइफ, ङादी ग्रुप पावर, अरुण भ्याली हाइड्रोपावर, अरुण काबेली पावर, एचआईडिसीएल र नेपाल पुनर्बीमा कम्पनी शीर्ष दश काराबोर हुने कम्पनीमा समेटिएका छन् । दशौं ठूलो सेयर कारोबार भएको पुनर्बीमाको ४ करोड ३० लाख बढीको सेयर खरीद बिक्री भएको छ ।

 

आज सिवाईसी नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर र एलआईसीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सिवाईसीको सेयरमूल्य ७२ रुपैयाँ बढेर ७९२.५० रुपैयाँ पुग्दा न्यादी हाइड्रोपावरको २९.९० रुपैयाँ बढेर ३३० र एलआईसीको ११९ रुपैयाँ बढेर १४१९ रुपैयाँ पुगेको छ । यस्तै बुद्धभुमी नेपाल हाइड्रोपावरको ६.०७ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड-२ को इकाईमूल्य ४.८६ प्रतिशत र नागरिक लगानी कोषको सेयरमूल्य ४.७१ प्रतिशतले बढेको छ ।

यसदिन उन्नति सहकार्य लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । प्रभु बैंक डिबेञ्चर ८५ को मूल्य ७.९७ प्रतिशत, तेह्रथुम पावरको ७.२२ र प्रुडेन्सियल इन्स्योरेन्सको ६.२४ प्रतिशतले घटेको छ ।

शिवश्री हाइड्रोपावर, गुराँस लघुवित्त, रिलायन्स फाइनान्स, सिंगटी हाइड्रोपावर, एक्सेल डेभलपमेन्ट बैंक र सबैको लघुवित्तको सेयरमूल्य ५ प्रतिशत बढीले घटेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत