गाउँ सहर

किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन राप्रपाकाे धर्ना

पाँचथर । किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले सोमबार कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ ।

‘कृषि प्रधान देशमा किसानलाई मल, बिउबिजन उपलब्ध नहुनु बिडम्बना हो । माना रोपेर मुरी फलाउने बेलामा सरकार कानमा तेल हालेर बसेको छ । यसकारण कृषि ज्ञान केन्द्रमार्फत हामी सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं,’ पाँचथर जिल्ला आन्दोलन परिचालन समितिका संयोजक राजकुमार जोशीले घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै भने ।

एकातिर चर्को मूल्य वृद्धि छ भने अर्कोतिर मल, बिउको अभाव छ । यस्तो अवस्थामा आम जनताले गरी खान पाएका छैनन्, किसानले खेतीपाती गर्न पाएका छैनन् । त्यसैले सरकारको गैरजिम्मेवारीको हामी विरोध गर्दछौं,’ राप्रपाका जिल्ला नेता झलक मान थापाले भने ।

पार्टी कार्यालयबाट -यालीसहित निस्केका राप्रपाका नेता कार्यकर्ताले किसानलाई सहज रूपमा मल उपलब्ध गराऊ, सुफत मूल्यमा बिउ बिजन वितरण गर, कृषक बाली वीमा गर भनेर नारा लगाएका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत