शेयर बजारकाे ओरालो यात्रा राेकिएन
- गाउँ सहर संवाददाता
- १४ असार मंगलबार, २०७९ | १५:३४:०० मा प्रकाशित
काठमाडौं । साेमबार घटेकाे शेयरबजार मंगलबार पनि यथावत नै रह्याे ।
आइतबार ९४.९२ अंकले बढेको सेयर बजारमा दुई दिन यता लगातार गिरावट आएको छ ।
मंगलबार नेप्से परिसूचक ११.८२ अंक घटेर १९२१.३१ विन्दुमा झरेको छ ।
यस दिन २३० स्टकको २३ हजार १३३ पटकको कारोबारमा १ अर्ब ५ करोड ८२ लाख ६३ हजार रुपैयाँ बराबरको ३० लाख ३७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
मंगलबार सीवाईसी नेपाल लघुवित्त, उन्नत सहकार्य लघुवित्त, एग्रिकल्चर डेभलप्मेन्ट बैंक लिमिटेड, सनराइज फर्स्ट म्युचअल फन्डका लगानीकर्ताले धेरै कमाए ।
मंगलबार बैंकिङ र जीवन बीमा समूह मात्रै हरियो रहे भने अन्य सबै समूह राताम्ये भए ।
लक्ष्मी इक्विटी फण्डको इकाईमूल्य सर्वाधिक ५.७३ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको यस दिन ७ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आजबाट सुर
- नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
- नेपाली सेनामा दुई हजार ६१५ रिक्त पदमा दरखास्त आवेदन माग
- लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रार पदमा ७ जनाबीच प्रतिस्पर्धा
- सिन्धुपाल्चोकमा जन्ती बाेकेकाे बस दुर्घटना, ३ जनाको मृत्यु
- लुम्बिनी प्रदेशमा ११ सदस्यीय मन्त्रिपरिषद : ७ मन्त्रीले लिए शपथ
- शेयरबजार निरन्तर घट्न थालेपछि लगानीकर्ता निराश
- गोरखाका पाँच पालिकाद्वारा सार्वजनिक पदमा रहेकाले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय
- ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच सम्झौता
प्रतिकृया दिनुहोस