राजनीति

बामदेवले घोषणा गरे नयाँ पार्टी, ७५ जना केन्द्रीय सदस्‍य

काठमाडौं । बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन् ।

नेकपा (एमाले)का पूर्वउपाध्यक्ष तथा राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका  गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् । त्यसमध्‍ये यो पार्टी समन्वय समितिको रुपमा रहँदासम्‍म  केन्द्रीय सचिवालयमा ८ सदस्यहरु रहने छन्।

पार्टीको संयोजकमा बामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्‍यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल  रहेका छन् ।  पार्टीले संयोजक र सचिव बाहेक सबैजना सदस्‍यको रुपमा रहने जनाएको छ ।

तत्कालीन नेकपा विभाजनपछि एकताका लागि अभियान सञ्चालन गरेका वामदेवले अहिले त्यसैलाई पार्टीको रूप दिएका हुन् । पार्टीको मुख्य उद्देश्य तत्कालीन नेकपालाई पुनर्गठन गर्ने रहेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसो हुन नसके नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई निर्वाचनमा कार्यगत एकता गराउने विज्ञप्तिमा जनाइएको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत