स्वास्थ्य

मुलुकभर थप ४४ जना कोभिड संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४४ जना कोभिड १९ संक्रमित थपिएका छन् । दुईहजार ७९८ वटा नमुना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

आज १७ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २२९ पुगेको छ ।

एक लाख ३६ हजार ९९६ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

गाउँ सहर संवाददाता

तपाईँको मत